THIS BLOGSITE IS UNDER CONSTRUCTION

पहिलो सन्तान छोरी जन्माउदै नायिकाहरु


भन्छन् छोरीको समस्यालाई छोरी जातिले मात्र बुझ्न सक्छ । छोरी चेली जे भनेर पुकारे पनि लक्ष्मीको उपनामले चिनिए पनि त्यहि छोरी जो बिना पुरुषको जीवन अपुरो छ ।

गजबको कुरा त के भने नेपाली चलचित्रका प्राय नायिकाहरुले लक्ष्मीकै रुपमा पुकारीने छोरीलाई जन्म दिएका छन् आफ्नो पहिलो सन्तानको रुपमा । नायिका करिष्मा मानन्धर जो नेपाली चलचित्रकी सफल नायिका हुन् । सुन्दरताको मात्र हैन बौद्विकताको प्रशंसा पनि धेरै नै हुन्छ करिष्माको । यि नायिकाले पनि आफ्नो पहिलो सन्तानका रुपमा छोरीलाई नै जन्म दिएकी छिन् । बिचमा केही वर्ष अमेरीका बसेर नेपाल आएकी करिष्माले त्यति बेला नै भनेकी थिइन् की आफुलाई छोरी कबिताको भविश्यको चिन्ता छ । यसले पनि करिष्मा सन्तानको भविश्य प्रति सजग रहेको पाइन्छ ।

अहिलेका ब्यस्त नायिकाहरुको सुचिमा पर्ने झरना थापा पनि करिष्मा भन्दा फरक छैनन् यस मानेमा । उनले पनि पहिलो सन्तानको रुपमा छोरी सुहानालाई जन्म दिइन् । हुन त छोरा वा छोरी जन्मने भन्ने कुरामा महिलाको भन्दा पनि पुरुषको भुमिका रहने गर्दछ । तर नायिकाले १० महिना कोखमा राखेर हुर्काउने हुँदा हामीले उनिहरुका सन्तान भनेर चित्रण गरेका हौं ।

पहिलो सन्तानको रुपमा छोरीलाई नै जन्म दिने अर्की नायिका हुन् मेलिना मानन्धर । उनले पनि आफ्नो पहिलो सन्तानको रुपमा छोरी मेरिस्कालाई यो धर्तीसँग सात्क्षात्कार गराएकी छिन् । त्यसो त नायिका बिना बुढाथोकीले पनि पहिलो सन्तानको रुपमा सामना बुढाथोकीलाई जन्माएकी हुन् भने नायिका पुजा चन्दले पनि पहिलो सन्तान छोरी नै जन्माएकी छिन् ।

यि त जन्माउनेहरुको कुरा भयो । अब सन्तान पहिलो जन्माउन लागेका नायिकाहरुको कुरा गरौ । नायिका अरुणिमा लम्साल यति बेला गर्भवती छन् । मंसिरमा आमा बन्ने बताउदै आएकी यि नायिकाले आफ्नो गर्भमा छोरी भएको बताएकी छन् । यदि उनले भने झै पहिलो सन्तान छोरी जन्माएमा अरुणिमा पनि यहि सुचिमा सुचिकृत हुनेछिन । यसरी नायिका आमाले पहिलो सन्तानको रुपमा जन्माएका यि छोरीहरु भोली गएर नायिका हुन्छन् की हुदैनन् त्यो त समयले नै बताउला ।

Lorem ipsum dolor

recentpost-comment tab

Find Us On Facebook

Rajatpat

July 27rd 2011 - Filmy News Program

logo

 
Disclaimer: Please note, YourDuniya.Tk is only collection website. All of the found here comes from 3rd party hosting sites such as YouTube, Blip.Tv, DailyMotion, zSHARE, Megavideo. We do not host any of the . Please contact to the appropriate hosting site for any removal.